Logo
|
Friday 19th April 2024
Logo

epaper

भारतमा निरन्तर ओरालो लाग्दै कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतमा निरन्तर कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ ।

पछिल्लो २४ घण्टामा यहाँ १ लाख ६१ हजार ३८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लगातार दोस्रो दिन २ लाखभन्दा कम व्यक्तिमा संक्रमण पुष्टि भएको हो । यसैगरी सोमबार १ लाख ६७ हजार जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, आइतबार २ लाख ९ हजार ९१८ जना र शनिबार २ लाख ३४ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २ लाख ८१ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १ हजार ७३३ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ लाख २१ हजार जना रहेको छ ।

कोरोना संक्रमणको तेस्रो लहरमा यहाँ सबैभन्दा संक्रमित २० जनवरीमा पुष्टि भएका थिए । उक्त दिन ३ लाख ४७ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । २० जनवरीपछि यहाँ दैनिक संक्रमितको संख्यामा कमी आइरहेको छ ।

भारतमा कोरोना संक्रमितको संख्यामा कमी आएसँगै विभिन्न स्थानमा लगाइएको प्रतिबन्धहरु केही खुकुलो गरिएको छ । मुम्बईमा नाइट कर्फयू हटाउनुकासाथै सिनेमाघर, पार्क, समुन्द्र नट, मनोरञ्जन पार्क, स्विमिङ पुल, वाटर पार्क तथा रेष्टुँराहरु ५० प्रतिशतको क्षमतामा खुलाइने छन् ।

भारतमा हालसम्म ४ करोड १६ लाख जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरि ३ करोड ९४ लाख जनसंख्या कोभिड–१९ संक्रमणमुक्त भएको छ । यहाँ महामारी सुरु भएयता संक्रमणको कारणले ४ लाख ९७ हजार जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्