Logo
|
Saturday 20th April 2024
Logo

epaper

डा टिंकरीको कलेजो प्रत्यारोपण सफल, छोराले दिए कलेजो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । लामो समयदेखि कलेजोको समस्यासँग भिड्दै आएका डा भिमसिंह टिंकरीको कलेजो प्रत्यारोपण सफल भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट हालै मात्र अवकाश पाएका टिकरीलाई आफ्नै छोरा देवाशिषले कलेजो दान गर्नुभएको हो ।

उमेरका आधारमा टिकरीले मन्त्रालयको प्रमुख विशेषज्ञ पदबाट अनिवार्य अवकाश लिनुभएको थियो । उहाँलाई कलेजोमा समस्या देखिएपछि उपचारका लागि भारत लगिएको थियो । डा टिंकरीको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा कलेजो प्रत्यारोपण गरिएको हो।

प्रत्यारोपण सफल भएपछि डा टिंकरी आफैले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै प्रत्यारोपण सफल भएको जानकारी दिनुभएको छ ।

दिल्लीस्थित म्याक्स अस्पतालका प्रमुख कलेजो प्रत्यारोपणविज्ञ डा सुभाष गुप्ताको टोलीले प्रत्यारोपण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्