Logo
|
Friday 1st July 2022
Logo

epaper

कोरोनाका कारण स्थगित लोकसेवा आयोगका परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । लोकसेवा आयोगले फागुन ७ गतेदेखि स्थगित परीक्षाहरू सञ्चालन गर्ने भएको छ ।

आयोगले कोरोना सङ्क्रमणको जोखिमका कारण स्थगित गरिएका परीक्षाहरू सञ्चालन गर्न लागेको हो । 

आयोगले कोभिड–१९ महामारीको कारण स्थगित गरिएका उपसचिव वा सो सरह(अप्राविधिक/प्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहको विभिन्न पदका लिखित परीक्षाहरू सञ्चालन गर्न लागेको जनाएको छ ।

आयोगले परीक्षाहरू सञ्चालनका लागि नयाँ तालिका समेत सार्वजनिक गरेको छ ।

PDF Embedder requires a url attribute loksewa-notice

प्रतिक्रिया दिनुहोस्