Logo
|
Friday 29th March 2024
Logo

epaper

नर्सको लाइसेन्स परीक्षाका लागि आवेदन फारम खुल्ला



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नर्सको लाइसेन्स परीक्षाका लागि आवेदन फारम खुल्ला गरिएको छ । आगामी चैत्र १२ गते हुने नर्सको नाम दर्ता अर्थात लाइसेन्स परीक्षाका लागि नेपाल नर्सिङ परिषद्ले सूचना प्रकाशन गरी आवेदन माग गरेको हो ।

नर्सिङमा प्रमाण पत्र तह गरेका तथा बीएसी नर्सिङ गरेकाले आवेदन दिनसक्ने परिषद्को सुचनामा उल्लेख छ ।

माघ २६ देखि फागुन २६ गतेसम्म फराम बुझाउने मिति तोकिएको छ । यस अवधिमा छुटेकाले दोब्बर दस्तुर तिरेर फागुन २७ देखि चैत्र ३ गतेसम्म फर्म भर्न सकिने सुचनामा जनाइएको छ ।

परीक्षा शुल्क नर्सको हकमा रु ३,१०० र मिडवाइफरीको ४१०० रुपियाँ तोकिएको छ । त्यसैगरी विलम्ब शुल्क नर्सको हकमा ६,१०० रुपियाँ र मिडवाइफरीको ८,१०० रुपियाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्