Logo
|
Tuesday 16th April 2024
Logo

epaper

थप १ हजार ९५७ जनामा कोरोना पुष्टि, ११ जनाको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर जम्मा १२ हजार ६९२ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ५८७ पिसीआर परीक्षण गर्दा १ हजार १८४ जनामा र ४ हजार १०५ नमुना एन्टीजेन परीक्षण गर्दा ७७३ जनामा कोभिड–१९ पुष्टि भएको हो ।

यस अवधिमा ५ हजार १०३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ११ जनाको निधन भएको छ । त्यसैगरी २ लाख ७३ हजार ३४९ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ जना रहेको छ । सक्रिय संक्रमितमध्ये ३४ हजार ९८३ जना होम आइसोलेसनमा र १ हजार १९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २५६ जना आइसियूमा र ३८ जना भेन्टिलेटरमा उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस्