Logo
|
Friday 19th April 2024
Logo

epaper

ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण



जनस्वास्थ्य सरोकार, रामपुर । पाल्पाको पूर्वखोला गाउँपालिकाले घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ। यहाँका ७० वर्ष माथिका नागरिकको घर–घरमा पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिने गरिएको छ।

प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाको सहयोगमा स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए। गाउँपालिकामा बसोबास गर्ने ७० वर्ष उमेर पुगेका एक हजार तीन जना ज्येष्ठ नागरिक र ४९ जना फरक क्षमता (अपाङ्गता) भएकाको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको छ । यो अभियान फागुन ८ सम्म सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए।

परीक्षणका क्रममा उनीहरुको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएर आवश्यक परामर्श, खानपान र स्याहारका सम्बन्धमा जानकारी दिने, सामान्य उपचार, आँखा र कानको परीक्षणसहित नौ क्षेत्रमा रहेर स्वास्थ्य परीक्षण गरिनेछ। अघिल्ला वर्षमा ८४ वर्ष माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो भने यसवर्ष ७० वर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षणसहित ८० वर्ष माथिका नागरिकलाई पौष्टिक आहार र कम्बल वितरण कार्यक्रम रहेको छ।

पहिलो दिन मङ्गलबार पूर्वखोला –३ रिङ्नेरह बस्ने ९८ वर्षीय लक्ष्मीनारायण तिमिल्सिनाको स्वास्थ्य परीक्षण गरी कार्यक्रम सुरु गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्