Logo
|
Friday 19th April 2024
Logo

epaper

रुकुममा ‘खोज र खोप अभियान’ सञ्चालन गरिने



जनस्वास्थ्य सरोकार, रुकुम । जिल्ला कोभिड— १९ सङ्कट व्यवस्थापन केन्द्र रुकुम (पूर्व) ले कोभिड– १९ विरुद्धको खोपमा सबै नागरिकको सहज पहुँच पु¥याउने उद्देश्यले ‘खोज र खोप अभियान’ सञ्चालन गरिने भएको छ।

कोभिड—१९ विरुद्धको खोप लगाउने लक्षित जनसङ्ख्या धेरै छुटेकाले उनीहरुका लागि समुदाय स्तरमा यो अभियान सञ्चालन गर्न लागिएको केन्द्रले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको केन्द्रको बैठकले अभियानलाई सफल बनाउनका लागि केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाको नेतृत्वमा समुदायस्तरमा जाने निर्णय गरेको हो।

अन्य जिल्लाको तुलनामा रुकुम ९पूर्व० मा खोप कार्यक्रमको पहुँचमा नपुगेका मानिस बढी भएको भन्दै पालिकाबाट सञ्चालन खोप कार्यक्रमको क्षेत्र विस्तार गर्नुपर्ने निष्कर्ष छलफलबाट निस्किएको छ। जिल्लामा खोप थन्किएको छ। खोप लगाउने मान्छे नआउँदा भने खोप कार्यक्रम प्रभावित बन्न पुगेको बताइएको छ।

भूमे र सिस्ने गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन भएपनि पुथाउत्तरगङ्गा गाउँपालिकामा खोप लगाउन मानिस नआउँदा कार्यक्रम नै प्रभावित हुन पुगेको स्वास्थ्य कार्यालय रुकुम ९पूर्व० ले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्