Logo
|
Tuesday 5th July 2022
Logo

epaper

अफगानिस्तानका दश लाख बालबालिकाहरुको जीवन जोखिमका रहेको युनिसेफको ठम्याइ

विश्व समुदायले तत्काल सहयोग गर्नुपर्नेमा जोड



जनस्वास्थ्य सरोकार, काबुल । आधारभूत खाद्य सेवासमेत नभएकाले अफगानिस्तानका दश लाख बालबालिकाहरुको जीवन जोखिमका रहेको युनिसेफले औंल्याएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष (यूनिसे) ले बालबालिकाको जीवन खतरापूर्ण अवस्थामा रहेको चेतावनी दिएको हो । उनीहरुमा कुपोषणलगायतका रोगसँगै विभिन्न समस्याहरू उत्पन्न भएको अफगानिस्तानस्थित यूनिफेसको कार्यालयले उल्लेख गरेको छ ।

यूनिसेफले बालबालिकाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विश्व समुदायले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

कुपोषणलगायतका विभिन्न समस्याबाट ग्रसित बालबालिकाहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढी रहेको यूनिसेफले जनाएको छ । बालबालिकालाई आवश्यकताअनुसार पोषणयुक्त खाद्य पदार्थ उपलब्ध गराउन सरकारले नसकेको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले पनि स्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्