Logo
|
Friday 19th April 2024
Logo

epaper

मुलुकमा पहिलोपटक ट्याव्लेटमा उत्पादन भएको क्यान्सर प्रतिरोधी औषधिको बजारीकरण शुरु

औषधिको गुणस्तरमा सम्झौता नगर्न चिकित्सकको आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पहिलोपटक ट्याव्लेटमा उत्पादन भएको क्यान्सर प्रतिरोधी औषधि (एन्टिक्यान्सर ड्रग) को बजारीकरण शुरु भएको छ । काभ्रे जिल्लाको बनेपामा उद्योग रहेको टिजिग फर्मा प्रा.लि.ले केही समयअघिदेखि क्यान्सर प्रतिरोधी औषधिको उत्पादन थालेको थियो ।

शैलेश वैद्य, सन्तोष केसी, डा.मदन पिया, डा. विष्णुदत्त पौडेल क्यान्सर प्रतिरोधी औषधिको बजारीकणको समुद्घाटन गर्दै


कम्पनिले फोक्सोको क्यान्सर, सिभिएर आर्थराइटिस, स्तन क्यान्सर, कोलोरेक्टल क्यान्सर, ग्लियोब्लास्टोमा, थायराइड क्यान्सर, ओभरियन क्यान्सर, प्रोष्टेट क्यान्सर, लिम्फोसाइड ल्युकोमियालगायत धेरै क्यान्सर प्रतिरोधी औषधि उत्पादन गर्न थालेको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमबीच टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्य, भक्तपुर क्यान्सर हस्पिटलका कार्यकारी निर्देशक एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेल, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन पिया, औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले संयुक्त रुपमा क्यान्सर प्रतिरोधी औषधिको बजारीकणको समुद्घाटन गर्नुभयो ।


टिजिग फार्मा भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याव (एसपीएएल)सँग प्रविधि हस्तान्तरण सम्झौँता गरेर वैदेशिक लगानीका साथ सञ्चालनमा ल्याइएको नेपाली औषधि कम्पनि हो ।

टिजिगले अहिले औषधि व्यवस्था विभागबाट २७ वटा मोलिक्युलका लागि उत्पादन स्वीकृति पाइसकेको छ । जसमध्ये पाँचवटा फर्माकोपेल र अरु नन् फर्माकोपेल छन् । यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि दिइएको छ ।

नेपालभित्रै बिक्री बितरण गर्न विभागबाट तीनवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त गरेको छ । विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको कम्पनिका कार्यकारी निर्देशक वैद्यले जानकारी दिनुभयो ।

सो अवसरमा भक्तपुर क्यान्सर हस्पिटलका कार्यकारी निर्देशक एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेल, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन पिया, औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले औषधिको गुणस्तर कायम राख्न आग्रह गर्नुभयो ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले स्वदेशमै जुनसुकै औषधि बनाउन सकिने यो ज्वलन्त उदाहरण दिँदै स्वदेशी औषधिबाट आत्मनिर्भरता हुने नीतिमा इट्टा थपेको बताउनुभयो ।

सो अवसरमा टिजिगका प्राविधिक प्रमुख वरिष्ठ फर्मासिष्ट सरोज पौडेल, मार्केटिङ हेड राघवेन्द्र रेड्डीले क्यान्सर प्रतिरोधी औषधिको गुणस्तरमा कुनै पनि सम्झौता नहुने स्पष्ट पार्नुभयो ।

क्यान्सरको औषधि उत्पादन, विश्लेषण आदि कार्यका लागि सम्बन्धित विश्व स्वास्थ्य संगठनको निर्देशिका, नेपालको औषधी ऐन र नियमावलीमा रहेका व्यवस्था तथा सम्बन्धित औषधिहरुको ग्रन्थमा गरिएका व्यवस्था बमोजिम भएको टिजिग फर्माले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्