Logo
|
Thursday 18th April 2024
Logo

epaper

स्वास्थ्य मन्त्रालयका आठ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर, कसलाई कहाँको जिम्मेवारी ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठ जना उच्च अधिकारीहरुको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना एघारौं तहका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।


मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाको जिम्मेवारी डा.कृष्णप्रसाद पौडेललाई दिइएको छ । यसअघि उहाँ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक हुनुहुन्थ्यो । अहिले डा पौडेलको ठाँउमा कोशी अस्पतालका मेडिकल सुपररिटेन्डेण्ट डा.चुमनलाल दासलाई ल्याइएको छ । त्यस्तै कोशी अस्पतालका मेडिकल सुपररिटेन्डेण्टको जिम्मा सोही अस्पतालका डा.यज्ञ खरेललाई दिइएको छ ।


डेढ महिना अघि केन्द्रीय कारागार अस्पतालमा सरुवा हुनुभएकी डा.सुधा देवकोटालाई पुनः राष्ट्रिय एड्स तथा यौन रोग केन्द्र फिर्ता बोलाइएको छ । अहिले केन्द्रीय कारागार अस्पतालको जिम्मेवारी डा. प्रकास प्रसाद साहलाई दिइएको छ ।
त्यस्तै, राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका प्रमुख डा.सञ्जय ठाकुर दिइएको छ । त्यस्तै कीटजन्य रोग अनुसन्धान केन्द्र हेटौडाका डा.यदुचन्द्र घिमिरेलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ल्याइएको छ । तालिम केन्द्रका प्रमुख केशव पण्डितलाई भने केन्द्र पठाइएको छ ।


कान्ति बाल अस्पतालको कार्यकारी निर्देशकमा भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ युवानिधी बसौलालाई ल्याइएको छ । यसअघि डा. अजित रायमाझी अस्पतालको कार्यकारी निर्देशक हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्