Logo
|
Friday 19th April 2024
Logo

epaper

प्र्यांकको नाममा शारीरिक तथा मानसिक सास्ती दिने एक जना पक्राउ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्र्यांकको नाममा सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिक सास्ती दिने एक जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले मंगलबार नेपाली प्र्यांकस्टर्स युट्यब च्यानलमा भिडियो राख्ने झापाका २७ वर्षिय आकाश सेडाईलाई पक्राउ गरेको हो ।

सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्यांक) को नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलाप गरी सोको गोप्य भिडियो तयार गरी उक्त भिडियो नेपाली प्यांकस्टर्स नामक युट्यब च्यानलमा राख्ने झापा विर्तामोड ४ का आकाश सेडाईलाई पक्राउ गरेको ब्यरोले जनाएको छ ।

ब्यूरोका अनुसार सेडाईलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर फागुन ३ गते पक्राउ गरिएको हो ।

अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गृह मन्त्रालयले यसअघि एक सूचना जारी गर्दै व्यक्तिको अनुमति बिना फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारवाही गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्