Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

अदालतको आदेशपछि काममा फर्किए वीपी प्रतिष्ठानका पदाधिकारीहरु



जनस्वास्थ्य सरोकार, धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरू पुनः काममा फर्किएका छन्।

प्रतिष्ठानका कर्मचारीहरुको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि पदाधिकारीहरू काममा फर्किएका हुन् ।

गत पुष ३० गते मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउने र उनीहरूको सट्टामा दैनिक प्रशासनिक, आर्थिक काम गर्न मन्त्तालय र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरेको थियो।

यो निर्णय प्रतिष्ठानको ऐन तथा नियमावली विपरीत भएको भन्दै उपकुलपति डा ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहले सर्वोच्च अदालतमो रिट दायर गर्नुभएको थियो ।

उहाँहरुको रिटको सुनुवाई गर्दै बुधबार सर्वोच्चले पदाधिकारीहरूलाई पदीय जिम्मेवारी अनुसारको कर्तव्य पालना गर्नमा वाधा अवरोध नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्