Logo
|
Thursday 25th April 2024
Logo

epaper

वाग्मती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोना संक्रमणविरुद्ध खोपको पहिलो मात्रा



जनस्वास्थ्य सरोकार, काठमाडौं । वाग्मती प्रदेशमा कोरोना संक्रमणविरुद्धको खोप दिइने अभियान अन्तर्गत हालसम्म प्रदेशभरमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हेटौंडाबाट सुरु भएको पहिलो मात्राको खोप अभियान अन्तर्गत प्रदेशभरमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ ।
खोप अभियान तीव्ररुपमा संचालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान संचालन गरिएकाले खोप लगाउनेको संख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्