Logo
|
Tuesday 5th July 2022
Logo

epaper

चिकित्सा शिक्षाको स्नातक तह तर्फको एकीकृत प्रवेश परीक्षा आगामी चैतको मध्यतिर गर्ने तयारी



जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस, नर्सिङ, फार्मेसी लगायत चिकित्सा शिक्षाको स्नातक तह तर्फको एकीकृत प्रवेश परीक्षा आगामी चैतको मध्यतिर गर्ने तयारी गरेको छ ।

चिकित्सा शिक्षा तर्फको स्नातक तहको प्रवेश परीक्षा दिन २० हजार भन्दा बढीले आवेदन दिइसकेका छन् । एकीकृत प्रवेश परीक्षाका लागि आयोगले फागुन ६ गतेसम्म आवेदन दिने म्याद तोकेको थियो।

आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाका अनुसार, चैत मध्यसम्ममा प्रवेश परीक्षा सञ्चालन गर्न फागुन अन्त्यसम्म परीक्षा तालिका सार्वजनिक गरिने छ । आयोगले कलेजहरुको सिट निर्धारण, प्रवेश परीक्षाका अन्य प्रक्रिया लगायतका कार्य गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्