Logo
|
Thursday 28th March 2024
Logo

epaper

टेकुमा जिका, चिकनगुनिया र डेंगुको पीसीआर परीक्षण सुरु



जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ ।


प्रयोगशालाले एक सूचना जारी गर्दै आजदेखि चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु गरेको जनाएको छ ।


हाललाई उक्त परीक्षण निःशुल्क रुपमा सञ्चालन गरिने सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्