Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

काठमाडौं उपत्यकामा थुप्रियो फोहोर



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा विगत ९ दिनदेखि फोहोर नउठ्दा दुर्गन्ध फैलिन थालेको छ । फागुन १ गतेदेखि काठमाडौं उपत्यकामा फोहोर उठ्न छाडेको हो ।


उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । तर ससडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले सडक अवरोध गरेको कारण काठमाडौँ उपत्यकाको फोहोर फागुन १ गतेदेखि उठन नसकेको महानगरले जनाएको छ ।

महानगरपालिकाले सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको छ ।

काठमाडौं र ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ  ।

प्रतिक्रिया दिनुहोस्