Logo
|
Saturday 20th April 2024
Logo

epaper

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।

हाँस्य टेलीश्रृंखला हल्का रमाइलोकी कलाकार अनिता बस्नेत (मास्टर्नी) का अनुसार बुधबार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर उनको निधन भएको जनाइएको छ ।

उहाँले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको थियो ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिनुभएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुभएको छ । कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानी लगायत उहाँका थुप्रै लोकगीतहरु चर्चित छन् ।
पछिल्लो समय लामा हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्