Logo
|
Friday 29th March 2024
Logo

epaper

म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्दै



जनस्वास्थ्य सरोकार, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । भौगोलिक रुपमा विकट रहेको यस गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिनको लागि एम्बुलेन्स खरिद गरिएको हो ।

विभिन्न प्रकृया पुरा गरी भारतबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरी कार्यविधि बनाएर सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।


‘बिरामीलाई उपचारका लागि बेनी हुँदै पोखरा पु¥याउन यातायातमा मात्रै रु ३० हजारसम्म खर्च हुने गरेको छ । समयमै र न्यून शुल्क तिरेर पुग्ने वातावरण सिर्जना गर्न एम्बुलेन्स सञ्चालन गर्न लागिएको’, अध्यक्ष पुनले बताउनु भयो ।

कार्यपालिका बैठकमार्फत कार्यविधि निर्माण र समिति गठन गरी गाउँपालिकाको मातहतमा रहने गरी एम्बुलेन्स सञ्चालन गरिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्