Logo
|
Sunday 22nd May 2022
Logo

epaper

राप्ती स्वास्थ्य प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. लामिछानेद्धारा पदभार ग्रहण



जनस्वास्थ्य सरोकार, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. विकास लामिछानेले पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्दै उपकुलपती डा. लामिछानेले अस्पताललाई अघि बढाउन आफु तयार रहेको भन्दै अस्पतालको स्तरोन्नतिका लागि सबैको सहयोग चाहिने धारणा व्यक्त गर्नुभयो ।

नव नियुक्त उपकुलपती लामीछानेलाई प्रतिष्ठानका शिक्षाध्यक्ष बसन्त लामीछाने, रजिस्ट्रार प्रकाश थापा, डिन डा. सागर पन्थि, अस्पतालका सहायक निर्देशक डा. एन्जिलिका कार्कीसहित अस्पतालका चिकित्सक र कर्मचारिले स्वागत गर्नुभएको थियो ।

प्रतिष्ठानको कुलपति एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपतिमा डा. लामिछानेलाई हिजो (मंगलबार) नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्