Logo
|
Thursday 28th March 2024
Logo

epaper

काठमाडौं उपत्यकामा बर्डफ्लू देखिएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता




जनस्वास्थ्य सरोकार, काभ्रेपलाञ्चोक । काठमाडौं उपत्यकासहित केही जिल्लामा बर्डफ्लू देखिएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ ।


बर्डफ्लू भित्रन नदिनको लागि जिल्लाको मुख्य नाकामा पक्षीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहले समेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् ।


पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिक रूपमा कुखुरा, कालिज तथा पशुपक्षी पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नगर प्रमुख भीम न्यौपानेले बर्डफ्लूप्रति सावधानी अपनाउन व्यवसायीलाई आग्रह गर्दै रोग देखिएमा नलुकाउन आग्रह गर्नु भएको छ ।


पशुपक्षी विशेषज्ञ डा सुदीप हुमागाईले फार्म व्यवस्थापन तथा सरसफाइमा चनाखो रही जनधनको क्षति हुन नदिन व्यवसायीलाई आग्रह गर्नुभयो । साथै, उहाँले हालको बर्डफ्लू संक्रमण मानिसमा समेत हुनसक्ने लक्षणसहित बर्डफ्लू देखिएकाले उच्च सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।


नगरपालिकाका पशु चिकित्सक मणिप्रसाद सापकोटाले विभिन्न ५० स्थानबाट बर्डफ्लू परीक्षणका लागि ‘स्याम्पल’ पठाइएको जानकारी दिनु भयो । यसअघि माघ १६ गते मोरङका दुई स्थानमा देखिएको बर्डफ्लू संक्रमण चितवन र काठमाडौँमा देखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्