Logo
|
Saturday 21st May 2022
Logo

epaper

थप तीन प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने स्वास्थ्यमन्त्रीको घोषणा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले यो वर्ष थप तीन प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

बिहीबार राष्ट्रिय ट्रमा सेन्टरको आठौँ वार्षिकोत्सवका अवसरमा बोल्दै मन्त्री खतिवडाले बिरामीको चापलाई हेरेर थप तीन प्रदेशमा ट्रमा सेन्टर बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

बिरामीको चाप र बेड अभावको अवस्थालाई काठमाडौंमा रहेको एक मात्र ट्रमा सेन्टरले धान्न नसक्ने भन्दै थप तीन प्रदेशमा विस्तार गरिने बताउनुभयो ।

कुन–कुन प्रदेशमा ट्रमा सेन्टर बनाउने भन्नेबारे भने टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्