Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

भारतीय सेनाद्धारा नेपाली सेनालाई एकलाख मात्रा खोप हस्तान्तरण



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ ।

नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्त नारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गर्नुभयो । भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्