Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

मधेश प्रदेशमा ६३ प्रतिशतले लगाए पूर्णमात्रा खोप



जनस्वास्थ्य सरोकार, जनकपुरधाम । मधेश प्रदेशका जिल्लामा कोरोना विरुद्धको दुवै खोप लिनेको सङ्ख्या ६३ प्रतिशत रहेको छ । यसै गरी पहिलो डोज लिनेको सङ्ख्या ६५ प्रतिशत रहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

अन्य प्रदेशको तुलनामा सन्तोष जनक नभए पनि कर्णाली प्रदेश भन्दा केही थोरै खोप लिनेको सङ्ख्या बढी भएको भए पनि अन्य प्रदेश भन्दा निक्कै पछाडि रहेको निर्देशनालयको तथ्याङ्कले पुष्टि भएको छ ।

कोरोना विरुद्धको खोप लिनेको सङ्ख्या बढेसँगै प्रदेशमा संक्रमित हुनेको सङ्ख्यामा कमी आउन थालेको छ । प्रदेश नंं २ का विभिन्न प्रयोगशालामा ८४ नमुनाको पीसीआर परीक्षण गर्दा सप्तरी जिल्लामा १ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनुभयो ।

यसै नेपाल भारतको सिमानाकाको ४ ठाउँमा रहेको स्वास्थ्य हेल्प डेस्कमा २ सय ८३ जनाको एन्टीजेन परीक्षण गर्दा कुनै पनि व्यक्तिमा संक्रमण नदेखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा पनि प्रायः व्यक्तिले खोप लिएका कारणले सीमा नाका सुरक्षित हुन थालेको छ ।

कोरोना विरुद्धको खोप लगाउने सङ्ख्या बढेका कारणले पनि संक्रमित हुनेको सङ्ख्यामा व्यापक मात्रामा कमी आएको निर्देशनालयले जनाएको छ । अहिले मधेश प्रदेशको १ सय ३६ पालिकाहरूमा कोरोना विरुद्धको खोप निरन्तर रुपमा दिने काम भइरहेको छ ।

मधेश प्रदेशका जिल्लाहरूमा खोप लिनेको सङ्ख्या बढाउनका लागि निर्देशनालयले विभिन्न खोप केन्द्रहरूको स्थलगत अनुगमन गरी प्रोत्साहित गर्ने काम गरिरहेको स्वास्थ्य निर्देशक झाले जानकारी दिनु भयो । खोप केन्द्रको निरीक्षणको क्रममा रौतहटको जयनगर पुग्नु भएका झाले खोप प्रतिको जनचेतना अझै बढाउन आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्