Logo
|
Saturday 20th April 2024
Logo

epaper

१० लाख बढीले लगाए कोभिड–१९ विरुद्धको बुस्टर डोज



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन् ।


हालसम्म १० लाख २० हजार ५ सय ४१ जनाले कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १ करोड ८४ लाख ३८ हजार १५१ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने १ करोड ७२ लाख ३५ हजार ९ सय ३८ जनाले प्रर्ण मात्रा खोप लगाइसकेका छन् ।

त्यस्तै हालसम्म ४ करोड ७८ लाख ८२ हजार ८ सय डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्