Logo
|
Friday 19th April 2024
Logo

epaper

१ सय ५५ जनामा कोरोना संक्रमण,५ सय ४० जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ हजार २ सय ३९ र २ हजार ९ सय १३ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय ४० जना संक्रमणमुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३४ पुगेको छ ।

हाल देशभर ८ हजार ८ सय ३९ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्