Logo
|
Saturday 20th April 2024
Logo

epaper

यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. जितेन्द्र कँडेललाई प्रदान, स्वास्थ्य सेवा पुरस्कार र सम्मान क–कसलाई ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा. जितेन्द्र कँडेललाई प्रदान गरेको  छ । २४औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडाले डा. कँडेललाई एक लाख रुपियाँ राशीको उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

डा. कँडेल हाल बेनी अस्पतालमा कार्यरत हुनुहुन्छ । त्यस्तै मन्त्रालयले बाजुरा अस्पतालमा कार्यरत अनमी धनकला थापा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याब टेक्निसियन निरीक्षक ओम आचार्य, प्रादेशिक अस्पताल गौरका ल्याब टेक्निसियन रामप्रवेश साह र चतरा प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेब योगेन्द्र कट्टेललाई प्रदानलाई ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी स्वास्थ्य सेवा सम्मानबाट सञ्जीव कट्टेल (फार्मेसी अधिकृत व्यवस्था व्यवस्था विभाग विराटनगर शाखा) , रुद्रनारायण महत्तो (कविराज जिल्ला आयुर्वेद रौतहट) , बढेवाबु थापा वरिष्ठ (फार्मासिस्ट अधिकृत स्वास्थ्य सेवा विभाग) , प्रेमकुमारी केसी (अनमी दर्लिङ स्वास्थ्यचौकी बागलुङ) डा. शरद चन्द्र बराल (मेडिकल अधिकृत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) , लिला थापा (महिला स्वास्थ्य स्वयंसेविका गुल्मी), गोकर्ण गिरी (वरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बर्दिया), सञ्जु रिजाल (अस्पताल नर्सिङ निरीक्षक भेरी अस्पताल), लालबहादुर रोका (हेल्थ असिस्टेन्ट गोकुले स्वास्थ्य चौकी महाभारत गाँउपालिका काभ्रे) र गगन विक (हलुका सवारी चालक खादाङ गाँउपालिका मुस्ताङ ) लाई सम्मान गरिएको छ ।

‘गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिवद्धता’ भन्ने नारा सहित २४औं राष्ट्रिय स्वास्थ्य सेवा दिवस, २०७८ मनाइँदै छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको अभिभावकत्व र मुख्य सचिव शंकरदास बैरागी खनालको अध्यक्षतामा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा दिवस मनाएको हो । स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सचिव देवकुमारी गुरागाईं, प्रमुख विरोषज्ञत्रय डा। दीपेन्द्ररमण सिंह, डा श्यामसुन्दर यादव, डा गुणराज लोहनी लगायतका स्वास्थ्य सेवाका अधिकांश कर्मचारीको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्