Logo
|
Friday 19th April 2024
Logo

epaper

स्टारमा अनलाइनबाटै डाक्टरको समय लिन सकिने



जनस्वास्थ्य सरोकार, ललितपुर। ललितपुरको सानेपास्थित स्टार अस्पतालमा अब अनलाइनबाट डाक्टरको समय लिन सकिने भएको छ ।

नेपालको ठूलो भुक्तानी सेवा प्रदायक ईसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई-अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो ।

योसँगै अबदेखि स्टार अस्पतालमा डाक्टरसँगको परामर्शका लागि अपोइन्टमेन्ट बुकिङ तथा भुक्तानी ईसेवा मोबाइल एप्लिकेशन मार्फत गर्न सकिने छ ।

ईसेवा मोबाइल वालेटभित्र हेल्थ सेक्सनमा गई स्टार अस्पताल छनोट गरी आफूलाई सहज हुने मिति र समय छनोट गरी डक्टरको अपोइन्टमेन्ट बुक गर्न र डिजिटल रूपमा तत्काल भुक्तानी गर्न सकिने छ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवा चुस्त बनाउने र बिरामीहरुको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्