Logo
|
Friday 19th April 2024
Logo

epaper

विश्व श्रवण दिवस २०२२, ‘जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौं’



जनस्वास्थ्य सरोकार, काठमाडौं । आज श्रवण दिवस २०२२ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । श्रवण शक्तिबारे जनचेतना फैलाउने उदेश्यका साथ हरेक वर्ष मार्च ३ तारीखमा मनाइने गरिन्छ ।


यस वर्षको श्रवण दिवसको नारा ‘जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौं’ तया गरिएको छ । श्रवण शक्ति कम हुने समस्या धेरैमा देखिने साझा समस्या हो । यहि दिवसको अवसरमा चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्ने प्रण गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कम श्रवण शक्तिका लक्षणहरु

  • अरुको कुरा नबुझेर बारम्बार कुरा दोहोराउनु अनुरोध गर्नु
  • टेलिफोनमा कुरा गर्न गाह्रो हुनु
  • चराचुरुङ्गीको आवाज नसुन्नु
  • कान कराउनु
  • बोलेको सुन्नु तर नबुझ्नु
  • अरुसँग कुरा गर्दा ठुलो स्वरले कुरा गर्नु
  • धेरै हल्ला भएको ठाँउमा कुरा गर्न गाह्रो
  • रेडियो सुन्दा, टेलिजन हेर्दा चर्को आवाज बनाउनु

श्रवण शक्ति कम हुन नदिने उपायहरु

  • चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कानमा कपास, ‘इयर प्लग’को प्रयोग गर्ने
  • मोबाइल फोन धेरै र लामो समयसम्म प्रयोग नगर्ने
  • हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा नसुन्ने
  • जथाभावी सवारी साधनको हर्न नबजाउने
  • ठूलो आवाज भएको ठाउँमा लामो समय नबस्ने
  • नियमित व्यायाम गर्ने
  • अरुलाई चर्को ध्वनिबाट हुन सक्ने असरबारेमा जानकारी दिने र बच्ने उपायबारे सिकाउने
  • क्लब, पार्टी प्यालेस, डान्सबारमा चर्को ध्वनिलाई व्यवस्थित गर्ने
  • आफ्नो श्रवण शक्तिमा कमी आएको महसूस भएमा समयमै परीक्षण तथा उपचार गरौं

प्रतिक्रिया दिनुहोस्