
जनस्वास्थ्य सरोकार, काठमाडौं । आठौं ‘नेपाल फर्मा एक्स्पो २०२२’ आगामी वैशाख ९ देखि ११ गते सम्म हुने भएको छ ।
शुक्रबार औषधी उत्पादक संघले पत्रकार सम्मेलन गर्दै आठौं फर्मा एक्स्पो चितवनको प्रर्दशनी केन्द्रमा वैशाख ९ देखि ११ गतेसम्म हुने जानकारी दिएको हो।
संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले नेपालमा गुणस्तरीय र आवश्यक परिमाण उत्पादन हुन सक्छ भन्ने कुरालाई जनमानसमा लैजाने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको बताउनुभयो।
संघका उपाध्यक्ष तथा एक्सपोका मिडिया कोर्डिनेटर सन्तोष बरालले यसअघि फागुनमा तय भएको एक्सपो कोभिड–१९ संक्रमण जोखिमका कारण सारिएको जानकारी दिनुभयो ।
एक्स्पोमा १ सय ६० स्टल रहनेछन् । औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १ सय २० वटा बहराष्ट्रिय कम्पनी, र ४० बटा नेपाली औषधी उद्योगहरु एक्स्पोमा भाग लिने आयोजकले जनाएको छ ।
यसअघिको ७ औं एक्सपो पनि चितवनमा आयोजना गरिएको थियो।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
