Logo
|
Saturday 22nd February 2025
Logo

epaper

मुलुकमा बर्षेनी करिब ६० अर्ब रुपियाँ मूल्यको औषधि खपत्, आयातित औषधि विस्तापित गर्दै स्वदेशी कम्पनि

मुलुकमा औषधि उद्योगमा करिब ६० अर्ब रुपियाँ मूल्य बराबरको लगानी



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा वर्षेनी ६० अर्ब रुपियाँ मूल्य बराबरको औषधि खपत हुने गरेको छ । यसमा करिब ५१ प्रतिशत हिस्सा स्वदेशी औषधि कम्पनिले धान्न सफल भएका छन् ।

रहेको छ । हाल १ सय १० जति उद्योगहरु औषधि व्यवस्था विभागमा दर्ता भएका छन् । त्यसमध्ये करिब ६५ वटा कम्पनिले औषधि उत्पादन गरिरहेका छन् ।

करिब ४५ हजार व्यक्तिले स्वदेशी औषधि कम्पनिमा प्रत्यक्ष रोजगार पाएका छन् ।

नेपाल सस्तो औषधि बनाउने देशमा गणना भएको नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष प्रज्वल जंग पाण्डे बताउनुहुन्छ । नेपाली औषधिहरु विदेशी औषधिहरुको तुलनामा गुणस्तरीय, नेपालीको पहुँच र सर्वसुलभ भएको दावी गर्नुहुन्छ अध्यक्ष पाण्डे ।

३ दशक अघिसम्म नेपालमा पनि औषधि उत्पादन गर्न सकिन्छ ? भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा आज नेपाली औषधिले धेरै हदसम्म आयातित औषधिहरुलाई विस्तापित गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्