Logo
|
Thursday 25th April 2024
Logo

epaper

अमेरिकाले नेपाललाई ६२ लाख फाइजर खोप दिने



जनस्वास्थ्य सरोकार, काठमाडौं । अमेरिकाले नेपाललाई ६२ लाख डोज फाइजर खोप दिने भएको छ । कोभ्याकस मार्फत ६२ लाख डोज खोप नेपाल ल्याइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।

उहाँको अनुसार अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप आगामी चैत ११ गते सम्ममा नेपाल आउने जानकारी प्राप्त भएको छ ।

त्यस्तै बाँकी खोप भने विभिन्न चरणमा वैशाख ५ गतेभित्रमा ल्याइने छ । यसअघि पनि अमेरिकाले नेपाललाई जोनसन एण्ड जोनसन, मोर्डना लगायतको खोप दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्