Logo
|
Friday 27th May 2022
Logo

epaper

नोबेल मेडिकल कलेजका विद्यार्थीलाई कलेजमै पढ्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन



जनस्वास्थ्य सरोकार, काठमाडौ । संसदीय समितिले स्थानान्तरणको माग गरिरहेका नोबेल मेडिकल कलेजका विद्यार्थीलाई कलेजमै पढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा आगामी एकहप्ताभित्र विद्यार्थीहरुको समस्या समाधान गरेर उनीहरुलाई पढ्नसक्ने वातावरण बनाउन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिएको हो ।

समिती सभापति जयपुरी घर्तीले तीन महिना अतिरिक्त कक्षा संचालन गरेर भएपनि पढाइ पूरा गराउनुपर्ने बताइन् ।

यसअघि नोबेल मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनमा उत्रिएकामध्ये १० जना विद्यार्थीले नोबेलमै पढ्न आफूहरुलाई खतरा रहेको भन्दै अर्को कलेजमा स्थानान्तरणको माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्