Logo
|
Saturday 20th April 2024
Logo

epaper

फागुन २८ देखि १० जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने



जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले आगामी फागुन २८ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत् इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चमनलाल दासका अनुसार १० जिल्लामा ६२ लाख ६३ हजार नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गर्ने भएको हो ।

मोरङ, कपिलवस्तु, दाङ, बाँके, कैलाली, झापा, बारा, लमजुङ, पर्वत, बागलुङ लगायत १० जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानका लागि ४ हजार ७ सय स्वास्थ्यकर्मी परिचालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्