Logo
|
Saturday 21st May 2022
Logo

epaper

देशभर २२४ जनामा कोरोना संक्रमण, २५१ जना संक्रमणमुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ६ हजार ९३६ जनाको पिसिआर गर्दा ६८ र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार २५१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। योसँगै देशभर ५ हजार ६९२ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्