Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्य सम्बन्धी जानकारी दिन जानकी टेक्नोलोजी र एक एक पाइला फाउन्डेसनबीच सम्झौता



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य सम्बन्धी जानकारी दिन जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) र एक एक पाइला फाउन्डेसनबीच सम्झौता भएको छ ।

स्प्यारो एसएमएसले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्य सम्बन्धी जानकारी दिन एक एक पाइला फाउन्डेसनसँग सम्झौता गरेको हो ।

संस्थाका संस्थापक डा. सुमन शमशेर थापा र जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

एक एक पाइला नेपालको स्वास्थ्य अवस्था सुधार गर्न काम गर्ने समान विचारधारा भएका व्यक्तिहरूको समूह हो । यो संस्थाले विशेषत नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

सो सम्झौता अनुसार जानकी टेक्नोलोजीले स्प्यारो एसएमएस मार्फत विभिन्न माध्यमबाट सर्वसाधारण जनतामा फाउन्डेसनको सेवा तथा जानकारी प्रवर्द्धन गर्न एक एक पाइलासँग सहकार्य गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्