Logo
|
Friday 29th March 2024
Logo

epaper

राष्ट्रिय मिर्गौला उपचार केन्द्रलाई दुई थान वी ब्राउन हेमोडायलाइसिस मेशिन हस्तान्तरण



जनस्वास्थ्य सरोकार, काठमाडौं । आज ‘विश्व मिर्गौला दिवस २०२२’ विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । यसवर्षको विश्व मिर्गौला दिवसको नारा ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ तय गरिएको छ ।


विश्व मिर्गौला दिवस २०२२ को अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा स्व.रामकृष्ण श्रेष्ठ र भुवन कुमारी श्रेष्ठको सम्झनामा श्रेष्ठ परिवारले राष्ट्रिय मिर्गौला उपचार केन्द्रलाई दुई थान वी ब्राउन हेमोडायलाइसिस मेशिन हस्तान्तरण गरेको छ ।

श्रेष्ठ परिवारको तर्फबाट प्रभाकर श्रेष्ठले राष्ट्रिय मिर्गौला उपचार केन्द्रले विगत २५ बर्षदेखि प्रदान गर्दे आएको डायलाइसिस सेवाको उच्च प्रशंसा गर्दे दुई थान वी ब्राउन हेमोडायलाइसिस मेशिन हस्तान्तरण गरेका हुन् ।

श्रेष्ठले केन्द्रका कार्यकारी निर्देशक डा.ऋषि कुमार काफ्लेलाई मेशिन खरिद गर्न लाग्ने आवश्यक रकम समेत हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्