Logo
|
Thursday 25th April 2024
Logo

epaper

आइतबार चीनमा ३ हजार बढीमा कोरोना संक्रमण, शैक्षिक संस्था बन्द



जनस्वास्थ्य सरोकार । चीनमा पुन: कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ । आइतबार चीनमा एकैदिन ३ हजार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको चीनको राष्ट्रिय आयोगले जनाएको छ । आयोगका अनुसार नयाँ कोरोना संक्रमितको यस संख्या सन् २०२० पछिको दोब्बर बढी हो ।

कोरोना संक्रमितको संख्या बढेसँगै सांघाईमा शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । चीनमा ओमिक्रोन र डेल्टा भेरियन्ट तीर्व रुपमा फैलिएसँगै उत्तरपूर्बी शहरहरुमा लकडाउन समेत गरिएको छ ।

सन् २०२० मा चीनको वुहानबाट कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिएको थियो । चीनको वुहानबाट कोरोना भाइरस फैलिएपछि चीनमा कडा लकडाउन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्