Logo
|
Sunday 22nd May 2022
Logo

epaper

दरबन्दी भन्दा बढी कर्मचारी थप नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन

दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी राखेमा तलब भत्ता नदिने



जनस्वासथ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी भन्दा बढी कर्मचारी थप नगर्न निर्देशन दिएको छ। सहमतिका नाममा स्वास्थ्य सेवा तर्फका कर्मचारीहरुको समायोजन मिलानका क्रममा समस्या देखिएपछि सबै प्रदेश सरकार र स्थानीय तहलाई पत्र पठाउँदै सो निर्देशन दिएको हो ।

पत्रमा दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी नराख्न आग्रह गर्दै सहमतिका नाममा समायोजन गरी दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी राखेमा तलब भत्ता नदिने जनाइएको छ।

कतिपय प्रदेश, स्थानीय तहहरूले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी राखेर थप तलबभत्ता माग गरेको पाइएको उल्लेख गर्दै मन्त्रालयले दरबन्दीमा भएका स्वास्थ्यकर्मीलाई मात्र तलब भत्ता दिने निर्णय गरेको छ ।

ministry-of-health-darbandi

प्रतिक्रिया दिनुहोस्