Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

स्वास्थ्य बिमा सदस्यता दर्ता सुरु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । टोखा नगरपालिकामा स्वास्थ्य बिमा सदस्यता दर्ता कार्यक्रम सुरु भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा सोमबारदेखि स्वास्थ्य बिमा सदस्यता दर्ता कार्यक्रम सुरु गरिएको छ ।

यसअघि ‘मेयर दीर्घायु कार्यक्रम’ सुरु गरेको टोखाले स्वास्थ्य बिमा सदस्यता दर्ता कार्यक्रम सुरु गरेको हो । उक्त कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो स्वास्थ्य बिमा दर्ता गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो अवसरमा नगरप्रमुख अधिकारीले नगरवासीलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन सबै नगरवासीलाई आग्रहसमेत गर्नुभयो । टोखाले नगरवासीलाई छिटोछरितो र प्रभावकारी रूपले स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नगरप्रमुख अधिकारीको भनाइ छ ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरवासीलाई सरल, सहज र प्रभावकारी रूपले स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले स्वास्थ्य बिमा दर्ता कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । सो कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिलप्रसाद जोशी, विभिन्न वडाका वडाध्यक्ष एवं जनप्रतिनिधिको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्