होली खेल्ने क्रममा घरको छतबाट खसेर एक किशोरी गम्भीर घाइते

जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंमा होली खेल्नेक्रममा घरको छतबाट खसेर एक किशोरी गम्भीर घाइते भएकी छिन् ।
बिहीबार दिउँसो घरको दोस्रो तलाबाट खसेर सिन्धुपाल्चोककी विनिता चौलागाईं घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बौद्ध बस्दै आएकी घाइते चौलागाईको हाल नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।