Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले निर्वाचित



वरिष्ठ मिर्गौला रोग विशेषज्ञ, मिर्गौला बचाऔं अभियानका अभियन्ता एवं राट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशकडा. ऋषिकुमार काफ्ले

जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
उहाँ मिर्गौला बचाऔं अभियानका अभियन्ता एवं राट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक हुनुहुन्छ ।

आज (चैत ५ गते) काठमाडौंमा सम्पन्न सोसाइटीको तेस्रो साधारण सभाले २ वर्षका लागि डा. काफ्लेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।


सोसाइटीको उपाध्यक्षमा प्रा.डा. दिव्या सिंह शाह, महासचिवमा प्रा.डा. प्रेम राज ज्ञवाली, कोषाध्यक्षमा डा. मुकुन्दप्रसाद काफ्ले, सहसचिवमा डा. सुभास प्रसाद आचार्य, सहकोषाध्यक्षमा डा.अनिल श्रेष्ठ चयन हुनुभएको छ ।


यसैगरी सोसाइटीको सदस्यहरुमा डा. महेश राज सिग्देल, डा. अरुण शर्मा, डा. पवन राज चालिसे, डा. शैलेन्द्र श्रेष्ठ, डा. छेतेन योञ्जन,डा. महेशराज जोशी निर्वाचित हुनुभएको छ ।


यस अघि सोसाइटीको अध्यक्षमा प्रा.डा. भोलाराज जोशी हुनुहुन्थ्यो ।

डा जोशीलाई सभाले सल्लाहकारमा तथा विमल बराललाई कार्यालय सचिवमा समेत चयन गरेको छ।  

प्रतिक्रिया दिनुहोस्