Logo
|
Thursday 25th April 2024
Logo

epaper

नरेठाँटी स्वास्थ्यचौकी भवन उद्घाटन



?

जनस्वास्थ्य सरोकार, बलेवा । गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले गलकोट नगरपालिका–२ को नरेठाँटी स्वास्थ्यचौकी भवन उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै उनले कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने प्रेरणा मिलेको समेत बताए । विसं २०५३ मा स्थापना भएको उपस्वास्थ्य चौकी २०६९ मा स्तरोन्नति गरिएको थियो । कोरोना महामारीको कारण ढिला भएकोे नरेठाँटी स्वास्थ्य चौकीका इन्चार्ज गणेश सुनारले बताए ।

नगरप्रमुख भरत शर्मा गैरेले आर्थिक समृद्धिका लागि गुणस्तरीय स्वास्थ्य सेवा अत्यन्तै आवश्यक रहेको बताए। कार्यक्रममा जग्गादाता, कोभिड व्यवस्थापनमा योगदान पुर्‍याउने व्यक्ति र सङ्घ संस्था महिला स्वयंसेविका, भवन निर्माण समिति, जग्गा व्यवस्थापन समिति लगायतलाई सम्मान गरिएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्