१ सय ४७ जना संक्रमणमुक्त, ४५ जनामा कोरोना संक्रमण

जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ७ सय ५२ जनामा गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ४७ जना संक्रमणमुक्त भएका छन् भने कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन् ।
यससँगै हाल देशभर कोरोना संक्रमितको सक्रिय संख्या ३ हजार १ सय ३५ पुगेको छ ।