Logo
|
Thursday 28th March 2024
Logo

epaper

लुम्बिनी प्रदेशमा ६ पदमा ७७ स्वास्थ्यकर्मी माग



जनस्वास्थ्य सरोकार, काठमाडौं । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले ७७ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर खुलाएको छ । निर्देशनालयले विभिन्न ६ पदमा ७७ कर्मचारीको नियुक्तीको लागि सूचना निकालेको छ ।


लुम्बिनी प्रदेशका निर्धारित स्थानहरुमा कामकाज गर्ने गरि हाललाई तीन महिनाको लागि कर्मचारी माग गरिएको जारी सूचनामा उल्लेख छ । मेडिकल ल्याब टेक्नोलोजिष्ट १, जनस्वास्थ्य निरीक्षक २०, हेल्थ असिस्टेन्ट २५, प्रयोगशाला सहायक २५, हेल्थ असिस्टेन्ट सहायक पाँचौं ३ र स्टाफ नर्स ३ गरी ७७ जनाका लागि आवेदन माग गरिएको छ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्