Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कस्ता बालबालिका क्षयरोगको जोखिममा ?



फाइल फोटो

जनस्वास्थ्य सरोकार, काठमाडौं । बालबालिकामा फोक्सोको क्षयरोगका साथसाथै एक्स्ट्रा पल्मोनरी, अर्थात फोक्सो बाहेक अन्य भागमा लाग्ने क्षयरोग (ग्रन्थि, आन्द्रा, मेनेन्जेस, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदि) पनि हुने गर्दछ ।

कस्ता बालबालिका क्षयरोगको जोखिममा हुन्छन् ?

१) कमजोर प्रतिरक्षा प्रणाली भएका जस्तै :
एचआईभी पोजेटिभ
मधुमेह रोगी
क्यान्सर रोग लागी केमोथेरापी गरिरहेका

२) क्षयरोग भएको व्यक्तिसँग बस्ने वा नियमित सम्पर्कमा आउने
३) घरबारविहिन र सडक बालबालिका

बालबालिकामा क्षयरोगका लक्षणहरु के के हुन ?

बालबालिकाको उमेरमा निर्भर भई हरेकमा फरक फरक लक्षणहरु देखा पर्न सक्छन् । ती मध्ये सबैभन्दा सामान्य लक्षणहरु यी हुन:

ज्वरो आउनु
तौल घट्नु
शारीरिक वृद्धि नहुनु
लामो समयसम्म एकनासले खोकी लाग्नु
ग्रन्थिहरु सुन्निनु

बालबालिकामा क्षयरोगको रोकथाम कसरी गर्ने ?

नवजात शिशुलाई बिसिजी खोप दिने
क्षयरोगका लक्षण देखिएमा तुरुन्तै परीक्षण गराउने
नियमित रुपमा औषधिको सेवन गर्ने
व्यक्तिगत सरसफाइमा ध्यान दिने

प्रतिक्रिया दिनुहोस्