Logo
|
Thursday 25th April 2024
Logo

epaper

श्रीलंकामा औषधी अभावका कारण रोकियो निर्धारित शल्यक्रिया



फाइल फोटो

एजेन्सी । श्रीलंकाको पेरादेनिया शिक्षण अस्पतालमा निर्धारित शल्यक्रियाहरु रोकिएका छन् । औषधि अभावका कारण निर्धारित शल्यक्रिहरु रोकिएको पेरादेनिया शिक्षण अस्पतालले जनाएको छ ।

निर्धारित शल्यक्रियाहरु रोकिदा हाल पेरादेनिया अस्पतालमा आकस्मिक शल्यक्रियाहरु मात्र भइरहेका छन् ।

श्रीलंका भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकरले औषधि अभावका कारण शल्यक्रिया रोकिएको खबर सुनेरपछि आफू स्तब्ध भएको बताएका छन् । ‘यो समाचार देखेर मन दुख्यो । म उच्चायुक्त बागलेलाई सम्पर्क गरेर भारतले कसरी मद्दत गर्न सक्छ भनेर छलफल गर्न आग्रह गर्दछु’, उनले ट्वीटमा उल्लेख गरेका छन् ।

उक्त निर्देशन पश्चात विदेशमन्त्री जयशंकर श्रीलंकामा रहेका भारतीय उच्चायोग पनि प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्