Logo
|
Thursday 25th April 2024
Logo

epaper

चिकित्साशास्त्र अध्ययनको प्रवेश परीक्षामा पाँच जना नक्कली विद्यार्थी पक्राउ



जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्साशास्त्र अध्ययनको प्रवेश परीक्षामा सहभागी पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शुक्रबारदेखि सुरु भएको चिकित्साशास्त्र अध्ययनको प्रवेश परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका पाँच जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार भएको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

भक्तपुर, बानेश्वर र बालकुमारीबाट नक्कली परीक्षार्थीहरु पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्