Logo
|
Saturday 20th April 2024
Logo

epaper

भारतमा थपिए १ हजार २ सय ६० कोरोना संक्रमित, ८३ जनाको मृत्यु



एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ६० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४ करोड ३० लाख २७ हजार ३५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले सक्रिय केसहरू घटेर १३,४४५ भएको देखाएको छ, जुन कुल सङ्क्रमणको ०.०३ प्रतिशत हो । त्यहाँ संक्रमणमुक्त हुनेको दर ९८.७६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्