Logo
|
Friday 19th April 2024
Logo

epaper

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले गरे अस्पताल तोडफोड



फाइल फोटो

जनस्वास्थ्य सरोकार, कैलाली । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको शनिवार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तहरु आक्रोशित भएर अस्पताल तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

चिकित्सकको लापबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा ढुङ्गामुढा गरेका हुन् । ढुङ्गामुढा प्रहारले अस्पताल बाहिरका सिसा फुट्नुका साथै एम्बुलेन्स र शव बहान समेत तोडफोड भएको छ ।

प्रतिक्रिया दिनुहोस्