Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

टाइफाइडविरुद्धको खोप अभियानको उद्घाटन प्रधानमन्त्री देउवाले गर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले यही २५ गतेबाट सुरु गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने भएको छ ।

देउवाले चैत २४ गते बिहान दरबार हाई स्कुल रानीपोखरीमा कार्यक्रमको उद्घाटन गर्नुहुनेछ । २४ दिने राष्ट्रव्यापी अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ।

अभियानको क्रममा टाइफाइड खोप स्थानिय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ। विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र संचालन गरिनेछ। अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा संचालन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्